गृह » भरतपुर–१९ मा कार्यकर्ता परिचालित हुन निर्देशन
राजनीति

भरतपुर–१९ मा कार्यकर्ता परिचालित हुन निर्देशन

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले भरतपुर–१९ को निर्वाचनमा पार्टीको निर्णय अनुसार परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै नेता केसीले यस्तो बताएका हुन् । विगतमा पार्टीभित्र विभिन्न खालका कमजोरी हुँदै आएकोले अबका दिनमा विगतका गल्तीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘अबका दिनमा हामी पार्टीभित्रको आन्तरिक विवादलाई सल्ट्याएर अगाडि बढ्छौँ,’ उनले भने, ‘किनकि पार्टीभित्रकै अन्तरकलहले गर्दा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुगेको हो । तर, प्रदेश र संघीय चुनावमा भने पहिलो पार्टी बन्ने ठोकुवा गरे ।

Comments

About the author

चितवन पोष्ट