गृह » भरतपुर अस्पतालमा सिटी स्क्यान सुरू
स्वास्थ्य

भरतपुर अस्पतालमा सिटी स्क्यान सुरू

भरतपुर । चितवनको एक मात्र सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सुरू गरिएको छ ।
निजीमा महंगो शुल्क तिरेर सिटी गराउनुपर्ने भएकोले बिरामीको सुविधाको लागि सिटी स्क्यान सेवा सुरू गरिएको हो । भरतपुर अस्पतालमा जडान गरिएको उक्त मेशिन सरकारी अस्पतालमध्येको हालसम्मको नेपालकै ठूलो सिटी स्क्यान मेसिन भएको अस्पतालले जनाएको छ । उच्चतम प्रविधिको १२८ स्लाइसको सिटी स्क्यान मेशिन ल्याइएको हो । मेडिकल सिटी भनेर चिनिएको चितवनमा भने यो नै सबै भन्दा ठूलो क्षमताको मेशिन भएको अस्पतालले जनाएको छ । नेपाल सरकारको सहयोगमा करिब साढे ६ करोडको लगानीमा सिटी स्क्यान सेवा सुरूसँगै अस्पतालमा अन्य सेवा सुचारु गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा रुद्रप्रसाद मरासिनिले बताए ।
सिटी स्क्यान सेवासँगै अस्पतालमा न्यूरो सर्जरी सेवा पनि सुरू गरिएको छ सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा निजीमा गएर महङ्गो शुल्क तिर्न नपर्ने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

 

Comments

About the author

चितवन पोष्ट