गृह » च्याम्पका प्रतियोगीको ट्यालेन्ट शो
कला

च्याम्पका प्रतियोगीको ट्यालेन्ट शो

नारायणगढ । होलिडे क्रियशनले आयोजना गरेको एपोलो पेन्टस् च्याम्प चितवनमा सहभागी बालबालिकाहरूले बिहीबार आफ्नो ट्यालेन्ट शो देखाएका छन् ।
यही १६ गते हुने ग्राण्ड फिनालेका लागि नियमित क्रियाकलाप गरिरहेका बालबालिकाहरूले बिहीबार फरक खालको प्रस्तुति दिएको हो । सहभागी ५० जना बालबालिकाहरूले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । कसैले नृत्य, कसैले गायन, कसैले नाटक, कसैले चित्रकला, कसैले साइकल स्टण्ट प्रस्तुत गरेका क्रियशनकी निर्देशक लक्ष्मी पन्त ढकालले बताइन् । कार्यक्रममा चलचित्र निर्देशक दीपक खाँड, अनिल श्रेष्ठ, मनोज लामा, आशिक ताम्राकारलगायत अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट