गृह » कोकाकोला कपमा शिवनगर विजयी
खेलकुद

कोकाकोला कपमा शिवनगर विजयी

शिबनगर । गीतानगरको सिद्धेश्वर राप्राविको खेलमैदानमा भइरहेको पश्चिम चितवनका निजी तथा सरकारी विद्यालयहरुको अन्तरविद्यालय कोकाकोला कप फुटबलको बिहीबारको खेल नारायणी विद्या मन्दिर मावि शिवनगरले जितेको छ ।
पहिलो चरणको फाइनल खेलमा नारायणी विद्या मन्दिर मावि शिवनगरले पारिजात इग्लिस बोर्डिङ स्कुललाई २ ले पराजित गरेको हो । राजेशकुमार थिङ र समिर तामाङले गोल गरेपछि नारायणी विद्या मन्दिर मावि शिवनगर दोस्रो चरणको खेलको लागि छनौट भएको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित अन्तरविद्यालय कोकाकोला कप श्रावण ५ गतेदेखि सञ्चालन भइरहेको छ । खेलपछि भएको पुरस्कार वितरण समारोहमा बिजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि भरतपुर माहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिबिलास कोइरालाले खेलमैदान तुलनात्मक रुपमा सानो भएको र दीर्घकालीन खेलमैदान स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम चितवन जिल्ला फुटबल संघका सदस्य एवम एष्ट्रल युथ सोसाइटीका अध्यक्ष प्रकाश कँडेलको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट