गृह » अन्तरविद्यालय कोकाकोला कप शारदानगरमा
खेलकुद

अन्तरविद्यालय कोकाकोला कप शारदानगरमा

शारदानगर । भरतपुर माहानगरपालिका वडा नं. १९ स्थित शरदानगर टाउनमा पश्चिम चितवनका निजी तथा सरकारी विद्यालयहरुको अन्तरविद्यालय कोकाकोला कप फुटबल सुरू भएको छ ।
चितवन जिल्ला फुटवल संघको आयोजनामा सञ्चालित अन्तरविद्यालय कोकाकोला कपको चितवन जिल्ला फुटबल संघका सदस्य विजय घलेले एक समारोहका बीच शुभारम्भ गरेका छन् । १८ वटा विद्यालय सहभागी रहेको उक्त कोकोकोला कपको शुभारम्भ खेलमा ग्राण्डी इङ्लिस बोर्डिङ स्कुल रामपुरले शारदा मावि शारदानगर बखानपुरलाई ० का विरुद्ध १ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा कालिका सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल ज्योतिनगरले रामपुर मावि रामपुरलाई ० का बिरुद्ध एक गोलले पराजित गरेको छ ।
पहिलो खेलमा ग्राण्डी इङ्लिस बोर्डिङ स्कुल रामपुरका मुकेस तामाङ र दोश्रो खेलका कालिका सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल ज्योतिनगरका अनिस अधिकारी ‘म्यान अपर द म्याच’ घोषित भएका थिए । घोषित म्यान अपर द म्याचहरुलाई पत्रकार रामशरण गैरेले कप तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट