गृह » च्याम्प चितवनका प्रतियोगी तरकारी मण्डीमा
कला शिक्षा समाचार समाज

च्याम्प चितवनका प्रतियोगी तरकारी मण्डीमा

नारायणगढ । होलिडे क्रियशनले आयोजना गरेको अपोलो पेन्ट्स् च्याम्प चितवनका प्रतियोगी तालिमको क्रममा मंगलबार तरकारी मण्डीबाट तरकारी किनेका छन् ।
असार २७ गतेबाट सुरू भएको तालिमको एकसाता पुगेपछि नारायणगढस्थित बालकुमारी तरकारी बजारमा सहभागी बालबालिकाहरुले तरकारी किनेका हुन् ।
५० बालबालिकाहरू सहभागी रहेको च्याम्प चितवनको साउन १६ गते हुने ग्राण्ड फिनालेको लागिबालबालिकालाई अहिले व्यवहारिक ज्ञान सिकाइरहेको छ । घरमा आवश्यक पर्ने तरकारीबारे आफ्नो बालबालिकाहरुलाई जानकारी नहुने र तरकारी किन्ने काम घरका मुख्य मान्छे अर्थात् अभिभावकले मात्रै गर्ने हुँदा बजारमा तरकारीको भाउ के कस्तो छ ? कति पैसाको तरकारी कति आउँछ भन्ने विषयमा व्यवहारिक ज्ञानको लागि तरकारी किनाएको आयोजक संस्था होलिडे क्रियशनकी निर्देशक लक्ष्मी पन्त ढकालले बताइन् ।
सहभागी बालबालिकाहरुले घरबाट ल्याएको पैसाले घरकै लागि आफूलाई किन्न मन लागेको तरकारी किनेको उनले बताइन् । बिहान १० बजेदेखि ४ बजेसम्म हुने तालिममा हरेक दिन विभिन्न खालका व्यवहारिक ज्ञान सिकाइरहेका छन् । बाल बच्चाको सकारात्मक आनीबानीको विकासका लागि हरेक दिन विभिन्न खालका प्रयोगात्मक कार्यक्रमहरु आयोजना गरिहेको होलिडे क्रियशनका कोअर्डिनेटर नारायण ढकालले बताए । सहभागी विद्यार्थीहरु पनि उत्साहित हुँदै तरकारी किनेका थिए ।

Comments

About the author

चितवन पोष्ट