गृह » बार्सिलोना फ्यान क्लब चितवन द्वारा अनाथ लाई सहयोग
खेलकुद समाचार समाज

बार्सिलोना फ्यान क्लब चितवन द्वारा अनाथ लाई सहयोग

बार्सिलोना फ्यान क्लब चितवन को आयोजनामा “Police public Campaign For Street Children” सस्थामा रहेको “अनाथ” बालबालिका लाई खेलकुद सामग्री ,फलफूल ,लत्ताकपडा वितरण गरिएको छ।
5 बर्ष देखि 14 बर्ष सम्म समुहको बिचमा रहेको अनाथ बालबालिकालाई विभिन्न क्षमता अभिबृद्धि तथा प्रोत्साहन गर्ने कार्यक्रम सन्चालन भएको थियो । अनाथलयमा 40 जना को संख्यामा बालबालिका रहेका छन । आगामी दिन मा पनी यस्तै सहयोग र प्रोत्साहन का कार्यक्रम सन्चालन गर्ने यस बार्सा चितवन का संस्थापक, कुशल लामिछाने ले बताए । कार्यक्रममा बालबलिकाहरु को लागि शैक्षिक तथा शिक्षामुलक कार्यक्रम प्रस्तुत भएको थियो।।कार्यक्रम का सभापतित्व बार्सा चितवनका अग्रज ब्यक्तित्व राजकुमार रोकाया ले गर्नु भएको थियो। कार्यक्रम बिमोचन पौडेल र नितेश रानाभाटको विशेष पहलमा भएको हो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई र आगामी कार्यक्रम मा अझै बढ़ी दाता र सहयोगी ब्यक्तित्व को सुझाब र सहयोग को अपेक्षा गर्दै उपस्थित सबैमा उत्साह पुर्बक सहभागिता को लागि कार्यक्रम संचालक बिमोचन पौडेलले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सकृय सदस्य नितेश रानाभाटले आफ्नो गायन कला पनि प्रस्तुत गरेका थिए।
बार्सिलोना फ्यान क्लब आधिकारिक रुपमा दर्ता भई बिभिन्न विपन्न र अनाथ लाई सहयोग गर्दै आइरहेको छ। फुटबल समर्थक र फुटबल खेल बिकास को लागि चितवन र नवलपरासीका युबा संगठित भएर सन्चालित यस क्लब एक आशा लाग्दो संस्था को रूपमा उदाउन खोजेको छ।

Comments

About the author

चितवन पोष्ट