गृह » कराँते खेलाडीहरुको ग्रेडिङ
खेलकुद समाचार समाज

कराँते खेलाडीहरुको ग्रेडिङ

भरतपुर । नेपाल सितोरियो कराते डो संघ चितवन शाखाअन्तर्गत सिर्जना इग्लिस बोर्डिङ स्कुलका कराँते खेलाडीहरुको ग्रेडिङ बिहीबार भएको छ ।
स्कुलका प्रिन्सिपल नारायण गौतमको अध्यक्षता तथा मध्यमाञ्चल क्षेत्रीय कराँतेका प्रमुख गगन लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गे्रेडिङमा पुरुषतर्फ रिजन श्रेष्ठ र महिलातर्फ अनु थापा उत्कृष्ट भएको विद्यालयका खेल शिक्षक कृष्ण कार्कीले जानकारी दिए । कराँते प्रशिक्षक रविन्द्र श्रेष्ठले खेलाडीहरुलाई प्रशिक्षण गराएका थिए ।

Comments

About the author

चितवन पोष्ट