गृह » विशाल स्मृति कपको उपाधि जोडा क्लबलाई
खेलकुद

विशाल स्मृति कपको उपाधि जोडा क्लबलाई

भरतपुर । नवज्योति युवा क्लब पारसनगर केशरवागको आयोजनामा भरतपुर–६ केशरवागमा भएको विशाल स्मृतिकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जोडा फुटबल क्लब रामपुरले हात पारेको छ ।
रामपुरले शुक्रबार सम्पन्न फाइनल खेलमा युनिक फुटबल क्लब बसेनीलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीबाट समान दुई÷दुई गोल भएपछि खेल पेनाल्टीमा गएको हो । रामपुरले पेनाल्टीमार्फत तीन एक गोल अन्तरले बसेनीलाई पाखा लगाएको हो । नवज्योति सामुदायिक वनको खुल्लाचौरमा यही जेठ २७ गतेदेखि सञ्चालन हुँदै आएको खेलमा कुल १९ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको विजेताले नगद ४० हजार कप, मेडल र प्रमाणपत्र हात पारे भने उप विजेताले नगद २० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक कुञ्जन उप्रेतीले बताए । खेलमा उत्कृष्ट गोलरक्षक जोडा फुटबल क्लबका पल छिरिङ तामाङ, उत्कृष्ट खेलाडी पाख्रिन समिल जिरौनाका रमेश बर्तौला, सर्वाधिक गोलकर्ता जोडा फुटबल क्लबका हार्दिक गुरूङ भएका थिए ।
खेलको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामा प्रमुख अतिथि, भरतपुर–६का नवनिर्वाचित वडाध्यक्ष हरिविलास कोइराला विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रम क्लबका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment