गृह » सौराहाचोक टाँडीबाट पनि साझा बस सञ्चालन होस्
पाठक पत्र

सौराहाचोक टाँडीबाट पनि साझा बस सञ्चालन होस्

— गोविन्दकृष्ण श्रेष्ठ
(रनपा–२, हाईस्कुल रोड, टाँडी)

साझा यातायातले विगत वर्षदेखि सेवा दिँदै आइरहेको र जनताको मन जित्दै आएकोमा पुनः उपत्यकाबाहिरका विभिन्न सहरहरुबाट यातायात सेवा सुरू गर्न थालेकोमा देशवासी खुसी भएका छन् । यसको लागि साझा यातायात बधाईको पात्र भएको छ र फेरि पहिलेको नियति साझाले भोग्न नपरोस् भन्ने कामना पनि देशवासीले गरेका छन् ।
यसरी उपत्यकाबाहिर साझा यातायातले सेवा विस्तार गर्नेक्रममा सौराहाचोक टाँडीबाट पुनः यातायात सेवा सुचारू गरिदिए हुन्थ्यो भन्ने आमरत्ननगरवासी जनताको माग रहेको छ । जब कि, २०५५÷५६ सालतिर दैनिक २ वटा साझा बस सौराहाचोक टाँडीबाट छुट्ने गरेको थियो । लगभग १८÷१९ वर्षपछि जनसंख्या बढेको र यात्रुको चाप बढेको हुनाले कम्तीमा ४ वटा बसले यातायात सेवा दिए पनि अपुग हुने अवस्था देखिएकोले सम्बन्धित निकायले यसप्रति शीघ्र ध्यान पु¥याई रत्ननगरवासीलाई सहज र आरामदायी यातायातको सुविधा पु¥याउन आमरत्ननगरवासीको अपिल रहेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment