गृह » जिओनीको सर्भिस सेन्टर सञ्चालन
प्रविधि समाचार समाज

जिओनीको सर्भिस सेन्टर सञ्चालन

नारायणगढ । चितवनमा पहिलोपटक आइतबारबाट जीओनी मोबाइलको सर्भिस सेन्टर खुलेको छ ।
पुल्चोकस्थित नारायणगढ मलमा जिओनी मोबाइलको सर्भिस सेन्टरको उद्घाटन गरिएको हो । जिओनी मोबाइलको क्षेत्रीय वितरक हाइ टेक टे«ड कन्सर्नका प्रमुख विवेक शर्माले एक कार्यक्रमका बीच सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।
जिओनी मोबाइलमा देखिएको समस्या अब तुरुन्तै समाधान हुने विश्वास प्रमुख शर्माले व्यक्त गरे । जिओनी मोबाइलका सर्भिस प्रमुख ज्याक्कीले आफूहरु ग्राहकले पूर्ण सेवा पाउनेमा विश्वस्त रहेको बताए । सर्भिस म्यानेजर प्रसिद्ध बस्नेतले ग्राहकले जिओनीमा समस्या देखिएमा तत्कालै समाधान पाउने बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment