गृह » ‘परमधाम’ लेखका विषयमा केही प्रश्न
पाठक पत्र

‘परमधाम’ लेखका विषयमा केही प्रश्न

०७३/१०/२६ गतेको चितवन पोष्टमा प्रकाशित डा. मतिप्रसाद ढकालज्यूको ‘परमधाम’ शीर्षकमा छापिएको लेख पढ्दा केही प्रतिक्रिया जनाउन मन लाग्यो । संसाररुपी पीपलको वृक्षमा सबैभन्दा माथि विष्णु भगवान् रहने भएकाले भन्दा भगवान्को अन्य अवतार राम, कृष्ण पनि भगवान्कै स्वरुप हो भन्ने सन्देश दिन नसक्ने हुँदा उक्त ठाउँमा भगवान् भन्ने शब्द राख्दा उचित हुन्थ्यो कि !
संसाररुपी वृक्षका पात वेदहरु छन्, किनभने यिनले नै संसारको रक्षा र वृद्धि गर्दै वृक्षको शोभा पनि बढाउँछन् । के त्यसो भए वेद भनेको अनगिन्ती छन् त ? किनभने १८ वृक्षको पात अनगिन्ती हुन्छन् । संसारको रक्षा वेदले होइन, भगवान्ले गर्नुहुन्छ र वेद भगवान् होइन, संसार चलाउने विधान हो, जुन कुरा वेदहरुका ज्ञाता पनि भगवान् नै हुन् भनेर तपाईंकै लेखमा पाइन्छ ।
संसारमा नाशवान र अविनाशी दुई प्रकारका व्यक्ति हुन्छन् भन्नुुभयो, तर जीवात्मा अविनाशी भन्दै गर्दा के जीवात्मा पनि व्यक्ति नै हो र ? होइन भने संसार मा भगवान्बाहेक सबै नाशवान छन् होइन र ? त्यही नै भगवान्को परमधाम वा स्वर्ग हो । यो शब्द पनि शास्त्रको अपभ्रंस भएजस्तो लाग्यो, किनभने परमधाम पुगेको जीवात्माले मोक्ष पाउँछ, तर स्वर्गवासीले पाउँदैन । स्वर्ग त पुण्यात्माहरुले पाउने कर्मको फल होइन र ?
अन्त्यमा, डा. मतिप्रसादज्यूको गीता–चिन्तन नामक लेखको नियमित पाठक भएको हुँदा मलाई यस कुराप्रति प्रतिक्रिया जनाउन मन लागेको मात्र हो ।
‘वादेवादे जायते तत्वबोध’
दीपक कँडेल
(भरतपुर–५)

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment