गृह » सिनर्जी एफएमको प्रसारण क्षमता विस्तार
प्रविधि समाचार समाज

सिनर्जी एफएमको प्रसारण क्षमता विस्तार

भरतपुर । चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम ९१.६ मेघाहर्जले आफ्नो प्रसारण क्षमता विस्तार गरेको छ ।
एफएमले बेलायतको विश्व प्रसिद्ध बीडब्लू कम्पनीको दुई हजार वाटको अत्याधुनिक डिजिटल ट्रान्समिटर जडान गरी आफ्नो प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको हो ।
श्रोता र विज्ञापनदाताको चाहना बमोजिम प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको एफ एम ले जनाएको छ । क्षमता तथा क्षेत्र विस्तारसँगै एफ एम अझै परिस्कृत रुपमा अगाडि बढ्ने एफ एमका प्रवन्ध निर्देशक सहन प्रधानले जानकारी दिए । नयाँ ट्रान्समिटरले एफएमको कभरेज दोब्बर हुने र प्रष्ट सुनिने एफएमका स्टेशन म्यानेजर अमर प्रधानले बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment