गृह » कृषि औजार वितरण
अर्थ प्रविधि

कृषि औजार वितरण

????????????????????????????????????

केशव अधिकारी
धादिङ । भूकम्पपीडित किसानहरुलाई जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले धादिङ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य परियोजनाअन्र्तगत दुई गाविसका किसानहरुलाई शनिबार कृषिऔजार सामग्री वितरण गरिएको छ ।
अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले सञ्चालन गरेको भूकम्प प्रतिकार्य परियोजनाअन्तर्गत सञ्चालित जीविकोपार्जन कार्यक्रमले धादिङको कुम्पुर र धुषा गाउँ विकास समितिका किसानहरुलाई कृषिऔजार सामग्री वितरण गरेको हो ।
बेनिघाट गाविसको वडा नम्बर १ रिचोकटारमा शुक्रबार आयोजित कार्यक्रममा कुम्पुर र धुषाका ९÷९ वटा समूहलाई पावर टेलर, मिनि टेलर, कम्बाइनमिल, चार्जेबल स्पे्रयर, डिजिटल काँटा, थ्रेसर, रोजक्यान, स्प्रेयरपम्प, ठेलागाडालगायतका सामग्री हस्तान्तरण गरिएको हो । प्रत्येक समूहका लागि एक लाख ४० हजार रूपैयाँ बराबरका कृषि सामग्री खरिद गरी उनीहरुकै माग अनुसार हस्तान्तरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । किसानलाई उपलव्ध गराइएको सामग्री समूहको निर्णय अनुसार उपयोग गरी त्यसबाट हुने नाफाले समूहको कोष खडा गरिने बताइएको छ ।
किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गर्दै जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले कृषि औजारको प्रयोगले किसानहरुको दैनिकीलाई सहज बनाउनुका साथै थोरै लागतमा धेरै फाइदा लिन सकिने बताए । प्रयास नेपाल धादिङका अध्यक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत षटकुमार पोखरेलले कृषि औजारको महत्व र प्रयोगबारे आ–आफ्नो धारणा राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment