गृह » पौहारीका बाढीपीडित वषौँदेखि घरबारविहीन
समाचार समाज

पौहारीका बाढीपीडित वषौँदेखि घरबारविहीन

माडी । विस्थापित भएको वर्षौं बितिसक्दा पनि आफूहरुलाई सरकारले बसोबासस्थलको व्यवस्था नगरेको भन्दै माडीको पौहारीका बाढीपीडितहरुले दुःखेसो गरेका छन् ।
२०६७ साल भदौ ८ गते मगुई र रीउ खोलामा आएको भीषण बाढीका कारण बिस्तापित भएका उनीहरु हाल माडी माध्यमिक विद्यालयको खालीचौरमा अस्थायी घर तथा कटेरो बनाइ आश्रय लिइरहेका छन् ।
सरकारले पीडितका लागि उचित बासस्थानको व्यवस्था नगरेसम्म शिविरटोल नाम दिइएको उक्त चौरबाट नहट्ने उनीहरुको अडान छ ।
उता, माडी माध्यमिक विद्यालय प्रशासनले भने परिस्थितिगत प्रतिकूलताका कारण बाढीपीडितहरुलाई हालसम्म अस्थायी रुपमा बसोबास गर्न दिइए पनि आउँदा दिनमा बस्न दिन नसकिने जनाएको छ ।
आफूसँग भएको सबै घर जग्गा बगाएपछि पौहारीका अधिकांश बाढीपीडित हाल अर्काको काम गरेर जीवन गुजारा चलाउँछन् । राज्यले बस्नेमात्र ठेगाना लगाइदिए तुरुन्तै शिविरटोल छोडेर जाने उनीहरुको भनाइ छ ।
माडीमा मात्र १२ भन्दा बढी खहरे खोलाहरु भएका कारण प्रत्येक वर्ष बाढीका कारण विस्थापित हुनेको संङख्या थपिँदै गएको छ । बाढीपीडित संघर्ष समिति, पौहारीका संयोजकले सहयोग माग्नका लागि जिविसदेखि मन्त्रालयसम्म पुगे पनि कुनै सुनुवाइ नभएको बताउँछन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment