गृह » इलाका प्रहरी कार्यालयको अन्तक्र्रिया
समाचार समाज

इलाका प्रहरी कार्यालयको अन्तक्र्रिया

गुञ्जनगर । समाजलाई दुव्र्यवसनी र अपराधबाट मुक्त गर्ने उद्देश्यले पश्चिम चितवनको चनौली बजारमा इलाका प्रहरी कार्यालय चनौलीको आयोजनामा अन्तक्र्रिया सम्पन्न भएको छ ।
चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा नगरपालिकाका सर्वदलीय प्रतिनिधिहरू कांग्रेसका शालिकराम पौडेल, एमालेका विष्णुहरि तिवारी, माओवादी केन्द्रका सुरेन्द्र गुरूङ, रेडक्रस गुञ्जनगरका अध्यक्ष बाबुराम श्रेष्ठ, चनौली बजार ब्यवस्थापन समितिका पदाधिकारीहरू, उद्योग वाणीज्य संघ गुञ्जनगरका प्रतिनिधिहरू, चाँदनी बुहारी समूह, नागरिक समाज, महिला सञ्जाल, सरकारी तथा निजी विद्यालयका प्रतिनिधिहरूका सहभागिता रहेको थियो ।
‘प्रहरी मेरो साथी’ चेतनामूलक अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चनौलीका इञ्चार्ज वैद्यनाथ दासको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment