गृह » चितवनका कामदारको दुबईमा मृत्यु
विश्व समाचार समाज

चितवनका कामदारको दुबईमा मृत्यु

दुबई । चार वर्षअघि रोजगारका लागी संयुक्त अरब इमिरेट्स (युएई) को दुबई आएका एक नेपालीको हृदयघातका कारण निधन भएको छ ।
दुबईको सर्तिस गार्डिङ सर्भिस एलएलसीमार्फत जाबेलअली फ्री जोनमा काम गर्दै आएका चितवन दारेचोक–३ लेवाटारका २६ वर्षिय धनबहादुर मगरको गत १४ अप्रिल बिहीबारको दिन निधन भएको हो ।
स्वस्थ अवस्थामा दिनभर डिउटी गरेर आएका उनी खानपिन पछी सुतेको आधा घण्टामा अचनाक छट्पटाउन थालेपछि नजिकको अन्य नेपाली र क्याम्प अफिसमा खबर गरी एम्बुलेन्स बोलाइएको थियो । १५ मिनेटमै एम्बुलेन्स आइ चेकजाच पछि लगतै अस्पताल पु¥याइएको भए पनि उनलाई बचाउन नसकिएको एउटै कोठामा सुतेका अर्का नेपाली ओमप्रकाश बस्नेतले बताए ।
अचनाक अस्वभाविक आवज आउन थालेपछि उठेर लाइट अन गरे एसी पनी बन्द थियो हेर्दा त छातीमा हात राखेको जिब्रो बटारेको देखे ३ र ४ पटक धन सोल्टी भनेर बोलाए नउठेपछि अत्तालिँदै अरू साथी बोलाएर एम्बुलेन्समार्फत अस्पताल लगे पनि बचाउन नसकिएको बस्नेतले बताए ।
अस्पतालले उनको हृदयघाटका कारण मृत्यु भएको जनाकारी गराएको थियो । हाल उनको शब यहाँको रसदिया अस्पतालमा राखिएको छ । सबै प्रकृया पुरा गरी शब नेपाल पठाउने तैयारीमा रहेको कम्पनीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment