गृह » भारतीय हस्तक्षेप विरुद्ध प्रवासी नेपालीको बिरोध
प्रवासको खबर

भारतीय हस्तक्षेप विरुद्ध प्रवासी नेपालीको बिरोध

नयाँ दिल्ली/अर्जुन खनाल
नेपाली राजनितिका जन वर्गिय संगठनहरुले भारतीय हस्तक्षेप विरुद्ध विरोध सभा नयाँ दिल्लीको जन्तर मन्तरमा सम्पन्न हुँदै गर्दा प्रवासमा रहेका नेपालीहरुले रोष प्रकट गरेका  छन  । एनेकपा माओवादीको– अखिल भारत नेपाली एकता मञ्च, नेकपा माओवादी क्रान्तिकारीको– अखिल भारत नेपाली एकता मञ्च, राजमो नेपालको– मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र नेकपा एमालेको– प्रवासी नेपाली संघको संयुक्त आयोजनामा जन्तर–मन्तर नयाँ दिल्लीमा प्रवासी नेपालीहरुको विशाल जन प्रदर्शन सहित विरोध सभा सम्पन्न भएको हो । मूल प्रवाहका क्षेत्रीय प्रतिनिधी ठाकुर खनालको अध्यक्षतामा सम्पन्न उक्त विरोध सभाको संचालन मञ्चका केन्द्रिय प्रतिनिधी आर.बि. खड्काले गरेका थिए भने आयोजक मध्येको प्रवासी संघका केन्द्रिय सल्लाहकार टिकाराम पोखे्रलले स्वागत मन्तब्य दिएका थिए । स्वागत गितको रुपमा कलाकारहरुले पनी स्वागत गितले कार्यक्रमको सुरुवातमै मनोरन्जन दिएका थिए । कार्यक्रम भारतीय पुलिस प्रशासनको कडाईका बावजुद शान्तिपूर्ण तरिकाले सौहार्दपूर्ण वाताबरणमा सम्पन्न भएको थियो । कतिबेला ब्यानर लगाउन नदिएको आक्रोस त कतिबेला हामी प्रवासी नेताहरु भारतीय खुफिया संयन्त्रको निगरानीमा छौ भन्ने कुराको आक्रोस पोख्दै प्रवासी नेताहरु कुर्लिरहेका थिए । यसरी बोल्ने क्रममा प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले हस्तक्षेप हो भनेर भन्न पाईदैन भनेर हामीलाई दबाव दिईएकोछ । सुनियोजित ढंगबाट आजको यो कार्यक्रम गर्न नदिने खेल समेत रचिएपनी हामी यो कायक्रम गर्न सफल भयौ । यहाँको पुलिस प्रशासन हाम्रो पछाडी परेकोछ । अन्र्तराष्ट्रिय कानुन अनुसार एउटा नाका मात्र सुचारु गरिदिए पुग्छ भन्दै समुन्नत नेपाल बनाएर देशको विकास गर्न हामी सम्पूर्ण नेपालीलाई नेपाल फर्काउन चाहान्छौ, त्यो गर्न किन दिईदैन ? भनेका थिए र उनले मुठ्ठिभर अराष्ट्रिय तत्वहरुले नेपाली राजदुतावासमा प्रदर्शन गरेजस्तो नाटक गर्नु तर्क संगत नभएको टिप्पणी गर्दै नेपालबाट उच्च शिक्षा हासिल गर्न आएका केही औलामा गन्न सकिने विधार्थीहरुको यो अबुझपन देशका लागी घातक भएको टिप्पणी गरेका थिए । देखाउन सक्ने हिम्मत भए हामी जस्तै विशाल रुपमा मधेशी पार्टिहरुका जन–वर्गिय संगठन बनाएर देखाए हुन्छ चुनौति समेत दिएका थिए, भण्डारीले । त्यस्तै अखिल भारत नेपाली एकता मंच भारतका अध्यक्ष इश्वरी भण्डारीले २०४५ सालको अघोषित नाकाबन्दि भन्दा खतरनाक नाकाबन्दि हो यो तथाकथित अघोषित नाकाबन्दि भन्दै संबिधान घोषणापछी यो नाकाबन्दिले उग्र रुप लिएको कुरा नेपाली जनताले कहिल्यै नभुल्ने वताएका थिए । नेपाललाई असल छिमेकीको रुपमा भारतले हेर्न सक्दैन भने यो अघोषित नाकाबन्दिलाई घोषित गरेर अगाडी बढियोस । हामी झेल्न तयार छौ । जसले हामीलाई आत्मनिर्भरतातिर डोर्याउनेछ भन्दै उनले थपे दया गरोस भारतले र इन्धन, ग्यास र औषधी मुलो लगायत अति आवस्यक बस्तुहरु उपलब्ध गराओस भारतले भन्ने हैन ही ब्यापार पारवहन अन्र्तराष्ट्रिय कानुन बमोजिम नाकाबन्दि हैन नाका खुल्ला गर्ने काम गरोस । हामी दयाको भिख मागीरहेका हैनौ भनेका थिए । त्यस्तै अखिल भारत नेपाली एकता मंचका संयोजक लक्ष्मण पन्थले भारत भन्दा नेपाल पहिलो हो विश्व मानचित्रमा भन्दै लिच्छवी कालिन अवस्थाको बोध हिन्दीमै निडर रुपमा राखेका पन्थले नेपालीले वा नेपाल सरकारले ३० वटा प्रदेशबाट ३१ प्रदेशको रुपमा बिहारबाट झारखण्ड अलग हुदा नेपाल सरकारले चासो राखेन न नेपाली जनताले चासो राख्दै बिहारमा रहेको पटना झारखण्डमा मिलाउन कहिले भनेनन् भने नेपालका झापा, मोरंग र सप्तरीलाई २ मा मिलाए अनि कैलाली कन्चनपुरलाई ७ नं. मा मिलाए समस्या समाधान हुन्छ भनेर शान्तिपूर्ण नेपाललाई साम्प्रदायीकतातिर भारतले धकेल्न खोजेको जस्तो अवस्थामा मधेशीया जो नेपाली हुन साम्प्रदायीक रुपमा किन क्रुर बन्दैछन ? भन्दै नेपालीलाई सुख सँग जीउन दिनोस भनेका थिए । पन्तले हिन्दीमै बोले सबैलाई चेताउने साहस गरेकोले पनी उनी एउटा जिम्मेवार प्रवासी नेपाली नेता हुन भन्ने दर्शाएका थिए । अन्तमा मूल प्रवाहका अध्यक्ष मित्रलाल शर्माले भारत सरकार र भारतीय संयन्त्रले मधेशका मुद्दा सम्बोधन गर नाकामा देखिएको समस्या समाधान हुन्छ भन्नुले अघोषित भनिएको नाकाबन्दि घोषित नै हो भनेर प्रमाणित गरीरहेको कुराको खुलासा गर्दै भारतले नेपालीले भारत बचाउन गरेको योगदान अचानक एक्कासी रुपमा बिर्सेको आरोप समेत लगाएका थिए । उनले नेपाली वीरहरुको कारण नै अहिलेको अखण्ड भारत विशाल भारतको रुपमा विश्व मानचीत्रमा उभिएको हो । मर्न र मार्न नडराउने नेपालीले यो भन्दा बृहद आन्दोलन गरेर देखाउनेछन भनेका थिए । अन्तमा कार्यक्रम अध्यक्ष खनालले आफ्ना कुराहरु राख्दै समापन गरेका थिए ।
विरोधपछी मंचमा प्रतिनिधित्व ः जनमास देखाउने निहुमा निम्तो दिएपनी मंचमा प्रतिनिधित्व नदिएको भन्दै गैर राजनैतिक संघ सँस्थाहरुले रोष प्रकट गरेपछी संचालक आर. बि. खड्काले कार्यक्रमका अध्यक्ष खनालको सहमती लिएर गैर राजनैतिक संघ सँस्थाहरुको प्रतिनिधि संगठन अखिल भारत नेपाली स्वतन्त्र महासंघलाई प्रतिनिधी गराउदै मंचमा आशन ग्रहण गराइएको थियो । जसको प्रतिनिधित्व महासंघका महासचिव दिपक जि.सि.ले गरेका थिए । यसमा श्री पशुपतिनाथ सम्पर्क मंचका अध्यक्ष तुलसी ढकाल, उपाध्यक्ष रमेश शर्मा र नेपाली समाज सेवा समितिका कृष्ण शर्मा लगायतको टोलीले रोष प्रकट गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment