गृह » भारतको सहयोगमा खानेपानी
प्रवासको खबर समाचार

भारतको सहयोगमा खानेपानी

धादिङ । लामोसमयदेखि खानेपानीको संकट रहेको धादिङको ज्यामरुङ गाविस–८ को बस्तीमा मा भारतीय सरकारको सहयोगमा वृहत खानेपानी योजना सञ्चालन हुने भएको छ ।
ज्यामरुङ गाविसको छापभञ्ज्याङ खानेपानी परियोजनाको लागि भारतीय सरकारको तर्फबाट एक करोड ६२ लाख भारतीय रूपैयाँ सहयोग गरिने भएको छ । दुईपक्षले सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् ।
उक्त सहयोग भारत सरकारको भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत गरिएको हो । धादिङ जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुन लागेको ठूला खानेपानी परियोजनामध्ये यो पहिलो खानेपानी परियोजना भएको बताइएको छ ।
भारत सरकारको नेपाली रूपैयाँ एक करोड ६२ लाख अनुदान सहयोगमा निर्माण हुने खानेपानी परियोजना जिल्ला विकास समिति धादिङले कार्यान्वयन गर्नेछ । परियोजनाबाट २५० घरधुरी लाभान्वित हुनेछन् ।
भारत सरकारको भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत यसअघि जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ क्याम्पस भवन निर्माण गर्नुका साथै धादिङ जिल्लालाई सातवटा एम्बुलेन्स तथा एउटा स्कूल बससमेत सहयोग प्रदान गरिसकेको भारतीय दुतावासले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment